धोनीको किर्तिमान तोड्ने लक्ष्यमा रोहित शर्मा - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

धोनीको किर्तिमान तोड्ने लक्ष्यमा रोहित शर्मा



एजेन्सी- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा बिहीवार रोमान्चक भिडन्त हुँदैछ । ओल्ड ट्रेफर्ड रंगशालामा आज भारत र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् ।

भारतीय टीमका तर्फबाट उपकप्तान रोहित शर्माले यसै विश्वकपमा दुई वटा शतक प्रहार गरिसकेका छन् । साथै उनले एउटा अर्धशतक पनि लगाएका छन् । यद्यपि अफगानिस्तानविरुद्ध उनको ब्याट चलेन । तर आजको खेलमा भने सबैको ध्यान रोहितमाथि हुनेछ भने रोहित नजर भने भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको एक कीर्तिमानमाथि हुनेछ ।

अहिले भने यो रेकर्ड धोनीको नाममा छ र समग्रमा उनी यस सूचीको चौथो स्थानमा छन् ।

एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने भारतीय खेलाडीको सूचीको शीर्षस्थानमा धोनी छन् । उनले २९३ पारीमा २२५ छक्का प्रहार गरेका छन् । रोहित शर्माको नाममा भने २२४ छक्का छ । उनले यो २०४ पारीमा प्रहार गरेका हुन् ।

रोहित शर्माले आज दुई छक्का प्रहार गरेमा उनले धोनीको कीर्तिमान भंग गर्नेछन् र एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हिर्काउने भारतीय क्रिकेटर बन्नेछन् । विश्व क्रिकेटमा भने चौथो स्थानमा आउनेछन् ।

एक दिवसीय क्रिकेटमा सबैभन्दान बढी छक्का प्रहार गर्ने सूचीको शीर्षस्थानमा शाहिद अफ्रिदी छन् । उनले ३६९ पारीमा ३५१ छक्का हानेका छन् । यद्यपि पाकिस्तानी पूर्वखेलाडी अफ्रिदीले सन्यास लिइसकेका छन् ।