रोहित शर्माले भने : मलाई डर लागिरहेको छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

रोहित शर्माले भने : मलाई डर लागिरहेको छ



काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आज अष्ट्रेलिया र भारत आमने सामने हुँदैछन् । विश्वविजेता टीम अष्ट्रेलियाविरुद्ध भारत खेल्दै गरेको यो खेल अत्यन्त रोचक हुने अनुमान पनि गरिएको छ ।

यसैमा भारतीय क्रिकेट टिमका उपकप्तान तथा ओपनर रोहित शर्माले विश्वविजेता टीम अष्ट्रेलियाविरुद्ध भारतलाई कठिन रहेको खुलासा गरेका छन् ।

अष्ट्रेलिया र भारतले आइतबार ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलिया भारतलाई पराजित गर्दै लगातार तेस्रो जितको खोजिमा हुनेछ । यता, भारतको भने यो दोस्रो खेल हो । पहिलो खेलमा अफगानिस्तानलाई ७ र दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको अष्ट्रेलियाविरुद्ध भारतको प्रदर्शन कस्तो होला ?

भारतीय क्रिकेट टिमका खेलाडी तथा उपकप्तान रोहित शर्मा अष्ट्रेलियाविरुद्धको खेल आफ्नो टिमको लागि निकै गाह्रो हुने बताएका छन् । रोहितले भनेका छन्, ‘हामीलाई सजिलो छैन । यो कुरा सबैले बुझेका छौं । अवस्था हेरेर हामी रणनीति बनाउने छौं ।’ मलाई के होला भन्ने डर लागिरहेको छ । तरपनि हामीले जित्ने कुरामा सन्देह छैन ।

‘हामी राम्रो खेल्नेछौं । विगत भनेको विगत हो । टिमले अहिलेको अवस्थालाई हेरेको छ । हो, हामीले केही महिनाअघि अष्ट्रेलियासँग सिरिज हा¥यो । हामीले राम्रो खेल्यौं । अष्ट्रेलियाले पनि राम्रो खेल्यो’ उनले थपे ।

सन् २०१५ को विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जित्दा सेमिफाइनलमा भारतलाई पराजित गरेको थियो । त्यो सेमिफाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ९५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

भारतविरुद्धको आजको खेलमा अष्ट्रेलिया यही नतिजालाई दोहोर्‍याउने लक्ष्यमा रहेको छ । यता, भारत भने त्यो खेलको हारको बदला लिने लक्ष्यमा पनि छ ।