मुम्बईको विस्फोटक ब्याटिङ, रोहितले बनाए आईपीएलमा ५ हजार रन - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

मुम्बईको विस्फोटक ब्याटिङ, रोहितले बनाए आईपीएलमा ५ हजार रन



काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा मुम्बइ इण्डियन्सले किंग्स ११ पञ्जाबलाई १९२ रनको लक्ष्य दिएको छ। शेख जायेद स्टेडियम अबुधावीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको हो।

मुम्बइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाउँदा किइरोन पोलार्ड र हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गरेर अभिजित रहँदै क्रमश २० बलमा ४७ रन तथा ११ बलमा ३० रन जोडे। त्यस्तै इसान किसनको २८ रन महत्वपूर्ण रह्यो।

अर्धशतकीय पारी खेलेका शर्माले आइपीएलमा ५ हजार रन समेत पुरा गरेका छन्। उनी भन्दा अघि चेन्नइ सुपर किंग्सबाट शुरेश रैना र रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बिराट कोहलीले ५००० रन पुरा गरेका छन्।

उता पञ्जाबका लागि सेल्डन कोट्रेल, मोहम्मद सामी र कृष्णप्पा गौथमले समान १/१ विकेट लिए।