लकडाउनको उल्लंघन गर्नेलाई व्यक्तिलाई गोली हान्ने आदेश - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

लकडाउनको उल्लंघन गर्नेलाई व्यक्तिलाई गोली हान्ने आदेश



काठमाडौं- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लकडाउनको उल्लंघन गर्नेलाई व्यक्तिलाई गोली हान्ने चेतावनी दिएका छन्।

कोरोना भाइरस ‘कोभिड १९’ त्रासको समयमा हाल फिलिपिन्स एक महिनाको लागि लकडाउन गरिएको छ।

यसबीचमा लकडाउनको उल्लंघन गरेर सरकारको नियमलाई बाधा पुर्याउन जो कोहीलाई गोली हानिने डुटेर्तेले बताएको अलजाजिराले उल्लेख गरेको छ।

डुटेर्तेले आफूले प्रहरीलाई गोली हान्ने आदेश दिइसकेको बुधबार एक टेलिभजिन सम्बोधनका क्रममा बताएका हुन्।

‘लकडाउन उल्लंघन गरेर सरकारलाई चुनौती नदिनुहोस्, तपाइँहरु हार्नुहुनेछ।’ सम्बोधनका क्रममा डुटेर्तेले भनेका छन्,‘स्वास्थ्यकर्मी डाक्टर कसैलई पनि हानी हुने किसिमको कार्य पनि नगरौं। किनभने त्यो गम्भीर अपराध हो, यदी कसैले अवरोध सिर्जना गरे उनीहरुको जीवन खतरामा पर्नेछ। मैले गोली हान्न आदेश दिएको छु।’