निकै रोचक बन्नेछ आजको नेकपा सचिवालय बैठक - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

निकै रोचक बन्नेछ आजको नेकपा सचिवालय बैठक



काठमाडौ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आइतबार अपरान्ह बस्दैछ । सधै भन्दा फरक ठानिएको र चासोले हेरिएको बैठक आज थप रोचक उने पक्का छ ।

आइतबार अपरान्ह ४ बजेका लागि डाकिएको नेकपा सचिवालय बैठकबाट एमसीसी सम्झौताको निष्कर्ष निकाल्ने स्रोतले बताएको छ । लामो समयदेखि नेकपामा विवादको जड बनेको एमसीसीले ठुलो तनावको अवस्था सृजना गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्थायी समिति सदस्य भीम रावल र प्रदिप ज्ञवालीलाई पनि डाकिएको स्रोतले जनाएको छ । यसकारण पनि आजको बैठक रोचक बन्ने पक्का छ । प्रधानमन्त्री ओली मन्त्रीहरू प्रदीप ज्ञवाली र युवराज खतिवडा एमसीसी कुनैपनि अवस्थामा पास गर्ने लाइनमा छन् भने प्रचण्ड, झलनाथ, माधव नेपाललगायत यथास्थितिमा पास गर्न नहुने अडानमै छन् ।

नेकपामा विवादित बनेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफलका लागि नै आजको सचिवालय बैठक बोलाइएको बुझिएको छ ।