खेल जीवनबाट रोबिनको सन्यास - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

खेल जीवनबाट रोबिनको सन्यास



एजेन्सी । नेदरल्याण्डका विंगर आर्जेन रोबिनले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

जर्मन क्लब वायर्न म्युनिखका पूर्व विंगर रोबिनले बिहिबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

चेल्सी र रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका रोबिनले १९ बर्षे खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

‘व्यवसायिक फुटबल खेलाडी जीवन अन्त्य गर्ने निर्णय गरेको छु । यो मेरो निकै कठिन निर्णय हो,’ ३६ बर्षे रोबिनले भनेका छन् ।

रोबिनले आफ्नो क्लब करियरमा ६०६ खेल खेल्दै २१० गोल गरेका थिए । यस सिजनको अन्त्यसंगै वायर्न छाडेका रोबिनले ३०९ खेलमा १४४ गोल गरेका थिए ।

रोबिनले सन् २०१७ बाट अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।