पैसा कमाउने सपना देखेर परदेशीएका दुई छोरा नै दैवको प्यारो भएपछि (भिडियो सहित) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

पैसा कमाउने सपना देखेर परदेशीएका दुई छोरा नै दैवको प्यारो भएपछि (भिडियो सहित)



समीर प्रकाश पाण्डे

आफ्नो परिवार सँगै बसेर खुसी साटासाट गर्दै रमाउने चार्व पर्व मनाउने रहर कस्लाई हुन्न होला र तर आफ्नै देशमा रोजगारीको भनेजस्तो अवसर नपाएपछि हामी नेपालीहरूलाई परदेशीनु बाध्यता बनेको छ । कति घरपरिवारका सपनाहरू यही परदेशले लुटेको छ यस्तै कथा वस्तुमा तयार पारिएको निकै मर्मस्पर्शी गीत रित्तो काख हालै मात्र सार्वजनिक भएको छ ।

निर्मल क्षेत्रीको प्रस्तुतिमा रहेको गीतमा सूर्य खड्का,निर्मल क्षेत्री र रिना केसीको आवाज रहेको छ भने गीतमा लय सूर्य खड्काको रहेको छ।गीत हेर्दा हरेक नेपालीको आँखा रसाउछ्न् ।

दुर्गा पौडेलको निर्देशन तथा छायाङ्कनमा तयार भएको गीतमा सम्पादन भने नवीन घर्ती मगरको रहेको छ।चर्चित मोडल महेन्द्र गौतम,बिपेश घिमिरे,सन्तोष केसी र रमा थपोलियाको रहेको छ।सूर्य खड्काको अफिसियल युटुब मार्फत यो गीत सार्वजनिक गरिएको हो । धार्मिक परम्परा अनुसार मृत आत्मालाइ धामीहरुबाट बोलाएउने परम्परा लाई गीतको मुख्य कथाबस्तु बनाइएको छ ।