अभिनेता रितेश देशमुख राजनीतिमा प्रवेश,कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अभिनेता रितेश देशमुख राजनीतिमा प्रवेश,कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने



बलिउड अभिनेता रितेश देशमुख राजनीतिमा प्रवेश गर्ने भएका छन्। उनी २०१९ मा हुने लोकसभा चुनावमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन्।

उनका बुवा विलासराव देशमुख महाराष्ट्रका पूर्व मुख्यमन्त्री थिए। बुबालाई पछ्याउदै उनी राजनीतिमा प्रवेश गर्न लागेका हुन्। यद्यपि, राजनीति प्रवेशबारे उनको औपचारिक प्रतिक्रिया भने आएको छैन।

रितेश अहिले फिल्म ‘टोटल धमाल’ मा व्यस्त छन्। यो फिल्ममा उनी अनिल कपुर, माधुरी दीक्षित र अजय देवगणसँग स्क्रिन सेयर गर्ने छन्। यसका अलावा उनी अक्षय कुमार र बबी देवलसँग ‘हाउसफुल ४’ मा पनि काम गर्दैछन्।

मराठी फिल्ममा लोकप्रिय रहेका उनको राजनीतिमा प्रवेशलाई धेरैले चासोका साथ हेरिरहेका छन्। मराठी समुदायमा उनको निकै ठूलो फ्यान फलोइङ छ। राजनीतिमा लागेर बाबुको उचाईलाई छुन सक्छन् वा सक्दैनन् त्यो चाहिँ भविष्यले नै बताउनेछ।