संसद विघटनको निर्णयविरुद्ध सर्वोच्चमा ९ वटा रिट: अझै आउने क्रम जारी - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

संसद विघटनको निर्णयविरुद्ध सर्वोच्चमा ९ वटा रिट: अझै आउने क्रम जारी



काठमाडौं- सरकारको संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा कानून व्यवसायीहरुले रिट दायर गरिरहेका छन् ।

सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका हुन् । सोमबार दिउँसोसम्म सर्वोच्चमा संसद विघटनविरुद्ध ९ वटा रिट परिसकेको छ ।

प्रधानमन्त्रीको कदमबिरुद्ध अहिलेसम्म सुलभ खरेल, लोकेन्द्र वली, ज्ञानेन्द्र आरण, दिनेश त्रिपाठी, शालिकराम सापकोटा, मणिराज उपाध्याय, सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने र कलमबहादुर खत्रीले रिट हालिसकेका छन्।

सर्वोच्च प्रशासनले अहिले प्राप्त रिटहरुमाथि अध्ययन गरिरहेको प्रतिक्रिया दिएको छ । कानून व्यवसायीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाएर संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च पुगेका हुन् ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरूले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्धमा उनीहरुले यस्तो तयारी गरेका हुन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वाेच्चमा रिट दायर गर्ने तयारी गरेका हुन् ।