जसले ओली-प्रचण्डको पञ्जाबाट पार्टी बचाए आफै पार्टीबाट निष्काशित भए - Himal Post Himal Post
  • २४ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 9 2024
Logo

जसले ओली-प्रचण्डको पञ्जाबाट पार्टी बचाए आफै पार्टीबाट निष्काशित भए



काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन (नेकपा)मा समस्या आएपछि अर्को चर्चाको विषय बनेको थियो ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा । जुन पार्टीका अध्यक्ष ऋषि कट्टेल थिए ।

ओली र प्रचण्ड मिलेर नेकपा दर्ता गरेलगत्तै कट्टेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । उनले उक्त मुद्दा जिताएर ओली प्रचण्डको पञ्जाबाट नेकपा मात्रै फ़ुत्काएनन्, उल्टै एमाले र माओवादीको एकता खारेज समेत भयो ।

ओली र प्रचण्डको पञ्जाबाट नेकपा बचाएका उनै कट्टेल आफ्नै पार्टीबाट निष्काशित भएका छन् ।

उनले दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३, नेपालको संविधानविपरीत दलको अहितमा काम गरेकाले उनलाई कारबाही गरिएको हो ।

कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीले पत्र लेखेर कट्टललाई कारबाही गरेको जानकारी गराए ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर गठन भएको नेकपालाई सर्वोच्चले २०७७ फागुन २३ खारेज गरेको थियो ।

उनका कारण हालका नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्बन्धीत पार्टीमा फर्किएका थिए ।