ऋषि कपूरलाई क्यान्सर भएको खुलासा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

ऋषि कपूरलाई क्यान्सर भएको खुलासा



एजेन्सी – बलिउड नायक रणविर कपुरका पिता ऋषि कपूरबारे दुखद खबर सार्वजनिक भएको छ । ऋषि कपूर केही दिनअघि छोरा रणबिर कपूर र श्रीमती नीतू कपूरसहित अमेरिका गएका थिए ।

ऋषि कपूरले उनको ट्वीटरमार्फत आफू स्वास्थ्य उपचारका लागि अमेरिका गएको र उपचार गरेर छिट्टै फर्कने भएकाले आफ्ना शुभ चिन्तकलाई चिन्ता नलिन आग्रह गरेका थिए ।

अहिले सार्वजनिक खबरका अनुसार बलिउड अभिनेता इरफान खान र अभिनेत्री सोनाली बेन्द्रेपछि ऋषि कपूरलाई पनि क्यान्सर रोग लागेको कुरा सार्वजनिक भएको छ । ऋषि कपूर अमेरिकामा थर्ड स्टेजको क्यान्सरको उपचार गराइरहेका छन् ।

ऋषि कपूर अभिनेत्री जुही चावलाका साथ एक फिल्मको छायाँकंनको काम गरिरहेका थिए तर अहिले उक्त छायाँकंनको काम पनि रोकिदिएका छन् ।