ऋषभ पन्तमाथि एकाएक किन लगाइयो प्रतिबन्ध ? - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

ऋषभ पन्तमाथि एकाएक किन लगाइयो प्रतिबन्ध ?



काठमाडौं – भारतीय टीमका ओपनर शिखर धवन घाइते भएपछि ऋषभ पन्तलाई बीबीसीआईले इंग्ल्यान्ड बोलाएको छ ।

तर उनलाई अहिले इन्डियन ड्रेसिङ रूममा प्रवेश गर्न प्रतिबन्ध लगाइएको खबर आएको छ ।

पन्तलाई इन्डियन टीममा समावेश गर्ने विषयमा दुईवटा धारणा बनेको छ । एउटा खेमाले पन्तलाई टीममा स्थान दिनुपर्ने बताएको छ भने अर्को वर्गले टीममा रहेका जगेडा खेलाडीले नै धवनको स्थान लिनसक्ने बताइरहेका छन् ।

पाकिस्तानविरुद्ध असार १ गते हुने प्रतिस्पर्धाअघि पन्त म्यानचेस्टरमा टीममा जोडिने बताइएको छ । इंग्ल्यान्डमा रहेका बीसीसीआईका एक अधिकारीले बताएअनुसार, टीमको आग्रहका कारण पन्तलाई कभरका रूपमा बोलाइएको हो । विश्वकपमा धवन उपलब्ध हुने नहुने सम्बन्धमा अन्तिम निर्णय लिनुअघि उनलाई विकल्पका रूपमा टीममा नराखिने बताइएको छ ।

बीसीसीआई सूत्रका अनुसार, धवन विश्वकपबाट नबाहिरिइसकेकाले उनको स्थानमा अर्को खेलाडी लिन मिल्दैन । पन्तलाई विकल्पका रूपमा राखिएको तर उनी टीमसँग हिँड्न नसक्ने बताइएको छ । आईसीसीको भ्रष्टाचारनिरोधक नियमअनुसार, छानिएका खेलाडी मात्र टीमसँग यात्रा गर्न सक्छन् र ड्रेसिङ रूममा जान सक्छन् ।

एजेन्सी