एमालेले संसद पनि चल्न नदिने, 'अर्ली इलेक्सन' पनि हुन नदिने संकेत - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

एमालेले संसद पनि चल्न नदिने, ‘अर्ली इलेक्सन’ पनि हुन नदिने संकेत



काठमाडौं। एमाले उपमहासचिव विष्णु रिमालले वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानून उल्लंघन हुने भन्दै अर्ली एलेक्सन हुन नदिने संकेत गरेका छन् । अर्ली इलेक्सन सर्वोच्च अदालतको फैसलाविपरीत हुने पनि उनले उल्लेख गर्दै रिमालले यस्तो संकेत गरेका हुन्।

उपमहासचिव रिमालले ट्वीट गर्दै भनेका छन्, ‘वैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुन्छ, कानून मिचिन्छ। यसको चिन्ता नहुने !’ ऊबेला मुद्दा हाली एक दिन बाँकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने’ भनी गराइएको फैसलाविपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनावपछि स्थानीय तहको’ भन्ने गफ हामीले पत्याइदिनुपर्ने !’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद चल्न नदिएको भन्दै अर्ली इलेक्सनमा जान प्रस्ताव गरेका छन् । उनको उक्त प्रस्तावले नेपाली राजनीतिको माहोल एकाएक तातिएको छ ।

गठबन्धन चुनावमा जान डराएको आरोप लागाएको एमालेका उपमहासचिव विष्णु रिमालले भने प्रचण्डले प्रस्ताव गरेको अर्ली इलेक्सन गर्न नदिने संकेत गरेका छन् ।

तीन महिनादेखि संसद अवरुद्ध गरेको एमालेले लगातार चुनावको रटान लगाइरहेको थियो तर प्रचण्डको उक्त प्रस्तावले एमाले चुनावमा जान डराएको देखिएको छ ।