५२ साल दोहोर्‍याउने विष्णु रिमालको संकेत - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

५२ साल दोहोर्‍याउने विष्णु रिमालको संकेत



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लहकार विष्णु रिमालले २०५२ साल दोहोर्‍याउने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो संकेत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला रिमालले सरकारको प्रतिरक्षा गर्दै त्यतिबेला जे भएको थियो अहिले पनि त्यहि हुने बताएका छन् ।

२०५२ सालमा जे गरिएको र भनिएको थियो अहिले पनि त्यस्तै गर्न किन नमिल्ने भनेर रिमालले प्रश्न उठाएका हुन्।

‘प्रतिनिधिसभा विघटनको सिफारिस र सर्वोच्चबाट पुनःस्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न यी विषयमा,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा पनि थियौं र अहिले पनि छौं। त्यो बेला जे गरेका थियौंर भनेका थियौं, त्यसै गर्दा अहिलेचाहिँ नहुने किन रहेछ ?!’