प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल 'फायर' - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल ‘फायर’



काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीका राजनितिक सल्लहकार विष्णु रिमाल ‘फायर’ बनेका छन् । प्रधानमन्त्री ओलीले शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँकोबारे आलोचना भएपछि उनी ‘फायर’ बनेका हुन् ।

ओलीका पछिल्ला कृयकलापको आलोचना गर्नेहरूप्रति असन्तुष्टि ब्यक्त गर्दै रिमालले ऐंठन परेको बताएका छन् ।

केही समययता प्रधानमन्त्री ओली विभिन्न आयोजना/परियोजना शिलान्यास एवं उद्घाटनका लागि देशभर दौडधुप गरिरहेका छन्। यस विषयमा कतिपयले टिप्पणी तथा व्यंग्य गरिरहेका छन्।

यसैप्रति प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन्।

उनले लेखेका छन्, ‘प्रम केपी शर्मा ओलीले नयाँ आयोजनाको शिलान्यास र सम्पन्न ठूला परियोजनाको उद्घाटन गर्दा कसै कसैलाई किन ऐँठन महसुस हुन्छ? बुझ्न सकिएन !’