गोविन्द रिजाल बने काठमाडौंको नयाँ सिडिओ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

गोविन्द रिजाल बने काठमाडौंको नयाँ सिडिओ



काठमाडौँ- गोविन्द रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । सरकारले गृह मन्त्रालयमा कार्यरत रिजाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुखको जिम्मेवारी दिएको हो ।

गृह मन्त्रालयले मंगलबार काठमाडौँका सिडिओ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै रिजाललाई पठाएको हो ।

यसअघि रिजाल गृह मन्त्रालयका प्रशासन महाशाखामा कार्यरत रहेका थिए । यसअघि आधा दर्जनभन्दा बढी जिल्लाहरूको सिडिओको जिम्मेवारीमा काम गरेका थिए ।

उनले कैलाली, दाङ, रौतहट, मकवानपुरलगायत जिल्लामा काम गरिसकेका छन् ।