अब सक्रिय राजनीतिबाट अलग हुने मिनेन्द्र रिजालको संकेत
काठमाडौं । रक्षामन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता डा. मीनेन्द्र रिजालले आफू राजनीतिमै नरहने संकेत गरेका छन् । पदबाट राजीनामा दिएपछि उनले राजनीतिमा रहने वा नरहने निष्कर्षमा नपुगेको बताएका छन् ।
राजीनामा निर्णय आफूले भावावेशमा नगरेको उनको भनाइ छ । राजीनामापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा रिजाललाई पत्रकारले सोधेका थिए, ‘कतै राजनीतिबाटै अलग हुने संकेत गर्न खोज्नुभएको त होइन ?’
डा. रिजालले जवाफ दिए, ‘मैले त्यस्तो संकेत गरेको होइन । तर, सम्भावना छँदैछैन भन्दिनँ ।’ रिजालले अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने रिजालले बताए।
‘म सावर्जजनिक जीवनमा नै हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ,’ उनले भने ।