नायिका ऋचा शर्मालाई हार्ट अट्याक ,नर्भिकको आइसियूमा भर्ना

काठमाडौं– नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ। उनलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ। हिजो एक्कासि छातीमा दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन्।
‘नायिका ऋचा शर्माको उपचार यहीँ भइरहेको छ’, नर्भिक अस्पताल स्रोतले भन्यो, ‘उहाँलाई एन्जियोप्लास्ट गरिसकिएको छ। र, स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ।’
उनलाई आज अबेरसम्म आइसियूबाट वार्डमा स्थानान्तरण गर्ने सम्भावना रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
नायिका ऋचाको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले नेतृत्व गरिरहेका छन्।

