ठाकुर र महतोको दौडधुप: देउवा निवासबाट सिधै बालुवाटार - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ठाकुर र महतोको दौडधुप: देउवा निवासबाट सिधै बालुवाटार



काठमाडौं–जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठबाट निस्किएर सिधै बालुवाटार पुगेका छन् ।

विश्वासको मतको मिति नजिकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न उनीहरू प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका हुन् ।

बुढानीलकण्ठमा लामो छलफल गरेपछि प्रधानमन्त्री ओलीको विपक्षमा जान ठाकुर र महतो तयार भएको बालुवाटार निकट स्रोतले दाबी गरेको छ । देउवासँग करिब दुई घण्टा छलफल गरेर ठाकुर र महतो भर्खरै बालुवाटार पुगेका छन्।