रेसुङ्गा नगरपालिकाका १० वडामा कांग्रेस र ४ वडामा एमाले विजयी - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

रेसुङ्गा नगरपालिकाका १० वडामा कांग्रेस र ४ वडामा एमाले विजयी



काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी मेयरमा विजयी भएका छन्। १३५२ मतान्तरले पन्थी विजयी भएका हुन्। कांग्रेसको यो जित नगरपालिकामा पहिलो हो।

यसरी कांग्रेसले खाता खोलेको नगरपालिका रेसुङ‍्गाभित्रका ४ वडामा भने एमालेका उम्मेदवारले जितेका छन्। एमाले उम्मेदवारले वडा नम्बर १, ६, ८ र ११ मा नेतृत्व सुनिश्चित गरेको हो।

वडा नम्बर १ मा एमालेका उम्मेदवार रामप्रसाद पन्थी ४ सय ७२ मतका साथ विजयी भएका छन्। उनले प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद पन्थीलाई २४ मतले हराएका हुन्। एमाले उम्मेदवार पन्थीले ४४८ मत लिएका हुन्। त्यस्तै राप्रपाका उम्मेदवार अमृतकुमार कक्षपतीले ११ मत प्राप्त गरेका छन्।

त्यस्तै वडा नम्बर ६ मा एमालेबाट उम्मेदवार गन बहादुर गुरुङले ६७१ मत प्राप्त गर्दै जित हात पारेका छन्। उनले कांग्रेसका उम्मेदवार केशव मरासिनीलाई १४५ मतले पराजित गरेका हुन्। मरासिनीले ५२६ मत प्राप्त गरेका थिए।

वडा नम्बर ८ मा एमाले उम्मेदवार निरञ्जन थापा ५९१ मत लिएर विजयी भएका छन्। उनको प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रकाश भलामीले ५१७ मत प्राप्त गरेका छन्। वडा नम्बर ११ मा एमाले उम्मेदवार खुमबहादुर राना ३८१ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गुणाखर पाण्डेले ३३७ मत प्राप्त गरेका थिए। रानाले पाण्डेलाई ४४ मतले हराएका हुन्।

बाँकी रहेका वडामा भने कांग्रेसले जित सुनिश्चित गरेको छ। वडा नम्बर २ मा कांग्रेसका उम्मेदवार हीराबहादुर थापाले ४८२ मत प्राप्त गर्दै जित हासिल गरे। उनले एमालेका उम्मेदवार उत्तम बहादुर कुँवरलाई ९२ मतले पराजित गरेका हुन्। अध्यक्ष उम्मेदवार कुँवरले ३९० मत प्राप्त गरेका छन्।

वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट उम्मेदवार बाबुराम खत्री ५९० मत प्राप्त गर्दै विजयी भए। उनले प्रमुख प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवार मानबहादुर घर्तीलाई ४२ मतले पराजय गरेका हुन्। प्रतिद्वन्द्वी घर्तीले ५४८ मत प्राप्त गरेका छन्।

वडा नम्बर ४ मा कांग्रेसका उम्मेदवार लीलाधर आचार्य ८७६ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवारी दिएका चोलराज शर्माले ५९२ मत प्राप्त गरेका हुन्। आचार्यले शर्मालाई २८४ मतले पराजित गरे।

वडा नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाप्रसाद खनालले ६३२ मन प्राप्त गर्दै विजयी भए। त्यस्तै उनका प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवार तेजप्रसाद खनालले ३८९ मत प्राप्त गरे। दुई अध्यक्ष प्रतिद्वन्द्वीबीच २४३ मतान्तर भएको छ।

वडा नम्बर ७ मा कांग्रेसबाट उम्मेदवार दिएका रामप्रसाद पन्थी विजयी भएका छन्। उनले ७१० मत प्राप्त गरेका छन्। पन्थीका प्रतिद्वन्द्वी एमाले उम्मेदवार रामबहादुर थापाले ४९३ मत प्राप्त गरेका छन्। उनीहरूबीच २१७ मतको अन्तर रहेको छ।

वडा नम्बर ९ मा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद पाण्डेले ५५६ भोट प्राप्त गर्दै एमालेका नारन सुनारलाई २९ मतले पराजित गरे। सुनारले ५२७ मत प्राप्त गरेका छन्।

वडा नम्बर १० मा कांग्रेसका उम्मेदवार रामबहादुर बस्नेत १ हजार ६१ मतका साथ विजयी भएका छन्। उनले एमाले उम्मेदवार पदमप्रसाद अर्याललाई १४४ मतले पराजित गरे। अर्यालले ९१७ मत लिएका हुन्।

वडा नम्बर १२ मा कांग्रेसका उम्मेदवार चेहरसिं टण्डन क्षेत्री ४५५ मतका विजयी भएका छन्। त्यस्तै एमालेबाट उम्मेदवार केशवराज पौडेलले ३७५ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका उम्मेदवार गिरीप्रसाद महाकिमले १८० मत प्राप्त गरेका छन्।

वडा नम्बर १३ मा कांग्रेसका उम्मेदवार हुमबहादुर बस्नेत ४०२ मतका साथ विजयी भएका छन्। उनको प्रतिस्पर्धामा एमालेका उम्मेदवार ढालबहादुर थापा रहेका थिए। उनले २४९ मत प्राप्त गरेका छन्।

वडा नम्बर १४ मा कांग्रेस उम्मेदवार धनबहादुर पुनले ८७४ मत प्राप्त गरेका छन्। पुनसँग पराजित एमालेका अनुप सूर्यवंशीले ६७२ मत पाएका छन्।