रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न



गुल्मीको रेसुङ्गा विमानस्थलमा केही तारा एअरको ट्विनअटर विमानले परिक्षण उडान गरेको  छ ।

प्रदेश नम्बर ५ अन्तर्गतको पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्यले गुल्मीको सिमिचौरमा रहेको नवनिर्मित विमानस्थलमा आज परिक्षण उडान गरिएको हो ।

प्राबिधिक पक्षको परिक्षण गर्न शुक्रबार गरिएको उडान सफल भएको तारा एयरले जनाएको छ । सोमबार बिहान पोखरा बिमानस्थलबाट तारा यएरको ९एन४ केएच बिमानले तारा एयरको प्रबिधिक टोली लिएर उडान भरेको थियो ।

बिहान १० बजे पोखराबाट उड्ने भनिएपनी मौसम प्रतिकुलताका कारण बिमान ढिलोगरी उडेर रेसुङ्गा बिमानस्थलमाढिलो गरी अवतरण गरेको हो ।

प्रदेश नम्बर ५ अन्तर्गतको पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्य अनुरुप निर्माण भएको रेसुङ्गा विमानस्थलमा परिक्षण उडानको अवलोकन गर्न पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली बिहान हेलिकप्टर मार्फत गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० सिमिचौरमा पुगेका थिए । विमान हेर्न  स्थानियहरुको भिड लागेको थियो ।