रेशम चौधरीलाई जेल : संसदमा विरोध
काठमाडौं – राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैद हुने गरी जिल्ला अदालत कैलालीले गरेको फैसलाप्रति आपत्ति जनाएका छन् ।
बुधबार कैलाली जिल्ला अदालतले चौधरीलाई टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । फैसला आएको केही समयमै शाहले प्रतिनिधिसभाको विशेष समयमा अदालतको फैसलाको विरोध जनाएका हुन् ।
उनले रेशम चौधरीप्रति सरकारले राजनीतिक व्यवाहार नगरेको आरोप लगाए । उनलेभ भने, ‘राजनीतिक व्यक्तिलाई त्यस अनुसारको व्यवाहार सरकारले गरेन । निर्णय प्रति घार आपत्ति जनाउँछु ।’