जेलबाटै रेशम चौधरीले दर्ता गराए ‘नागरिक उन्मुक्ति पार्टी’ - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

जेलबाटै रेशम चौधरीले दर्ता गराए ‘नागरिक उन्मुक्ति पार्टी’



काठमाडौँ – निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। दल दर्ता गर्न उनका समर्थकहरु बाजागाजासहित आयाेग पुगेका हुन्।

कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीका समर्थकहरू भृकुटीमण्डपमा भेला भएर बाजागाजासहित आयोग पुगे।

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी अहिले कारगारमा छन्। पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौँमा प्रदर्शन भइरहेको छ।

उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो।