रेशम चौधरीको सपथ दिउसो तीन बजे सर्यो - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

रेशम चौधरीको सपथ दिउसो तीन बजे सर्यो



काठमाडौं। कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीको सपथको कार्यक्रम दिउसो तीन बजेका लागि सरेको छ । उनलाई बिहान ११ बजे सपथ खुवाउने कार्यक्रम थियो ।

सांसद चौधरीलाई डिल्ली बजार कारागारबाट ल्याउन ढिला भएको र १२ बजे संसदको बैठक सुरु गनुपर्ने भएकाले उनको सपथ तीन बजेका लागि सारिएको सभामुख कृष्ण बहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।