रेशम चौधरीलाई रिहा गर्न सार्वोच्चद्वारा अस्वीकार - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

रेशम चौधरीलाई रिहा गर्न सार्वोच्चद्वारा अस्वीकार



काठमाडौं । सार्वोच्च अदालतले पाँच दिनअघि प्रतिनिधिसभा सदस्यको सपथ लिएका रेशम चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ । टीकापुर घटनाका आरोपी चौधरीको मुद्दामा सोमबार सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

कर्तव्य ज्यान मुद्दामा उनको पेशी सोमबार तय भएको थियो । उनको पेशीमा सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीले मुद्दा हेरेका थिए ।

न्यायाधीशद्धयको इजलासले कैलाली जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । कैलाली क्षेत्र नम्बर १ बाट राजपाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । चौधरी जिल्लाको आदेशविरुद्ध सर्वोच्च पुगेका हुन् ।