रेशम चौधरी जेलमुक्त हुने ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

रेशम चौधरी जेलमुक्त हुने !



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्रीबीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका हुन् ।

छलफलमा कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतको विषय उठेको थियो ।

प्रधानमन्त्रीले राजपाले उठाएका सबै विषय ‘प्याकेज’मै समाधान गर्ने आश्वासन दिए ।

राजपा अध्यक्ष मण्डलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको थियो । राजपाको बैठक बस्नुअघि नै प्रधानमन्त्रीले छलफलका लागि राजपा नेताहरुलाई बोलाएका थिए ।

यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाको मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको र अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी अगाडि बढाउने बताए ।