सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद



कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ।

न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधवार चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो।

चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी,गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ।

उनीहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ। ती मध्ये श्रवण चौधरी भने नाबालक भएकाले १० वर्षमात्रै जेल सजाय हुने फैसलामा उल्लेख छ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। सोही मुद्दामा चौधरी सहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो। उनीसहित २७ जना पुर्पक्षका लागि जेलमा छन्। भने ३१ जना फरार छन्। फरार रहेका ३१ जनाको मुद्दा अहिलेलाई मुल्तवी (पक्राउ परेपछि फाइल खोल्नेगरि स्थगीत) मा राखिएको छ।

पुर्पक्षका लागि जेलमै रहँदा उनले  २०७४ को प्रतिनिधि सभा चुनावमा वारेशमार्फत उम्मेदवारी दिएका थिए।  उनी कैलाली १ बाट भारीमत ल्याएर सांसद निर्वाचित भएका थिए।

उनले २ महिना अघि संसदको शपथ लिएका थिए। जन्मकैदको फैसला भएपछी उनको सांसद पद खारेज भएको छ।