विजय सुवेदीले रेणु दाहाललाई उछिने - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

विजय सुवेदीले रेणु दाहाललाई उछिने



चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन्।

भरतपुर वडा नम्बर १ को १०१ मत गन्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन्। सुवेदीलाई पच्छ्याउँदै सतारुढ गठबन्धनकी उम्मेद्वार रेनु दाहालले ३७ मत प्राप्त गरेकी छन्।

त्यस्तै स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पाैडेलले ८ मत ल्याएका छन्। १४ मत बदर भएको छ। त्यस्तै उपमेयर काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकि हिमाल गुरुङले ३७ मत प्राप्त गरेकी छन्। भरतपुरकाे मतगणना चितवन उद्योगसंघको प्रदर्शनी केन्द्रमा सुरू भएको छ।

२९ वटा वडा रहेका भरतपुरमा वडा नम्बर १ बाट गणना सुरु गरिएको छ। अहिले एक ठाउँबाट गणना कार्य सुरु गरिएपनि पछि थप गर्दै लगिने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

उनका अनुसार वैशाख ५ गते भित्र अन्तिम नतिजा आउने गरी मतगणना गरिने छ। भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ। मतगणना बिहान ९ बजेदेखि सुरु गर्ने भनिए पनि एजेन्ट राख्ने विषयमा विवाद हुँदा ढिला गरि सुरु भएको थियो।