रेनु दाहालले मेयरबाट राजीनामा दिँदै
चितवनको भरतपुर महानगरपालिकामा चुनाव लड्न रेनु दाहालले मेयरबाट राजीनामा दिँदैछिन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयरमा लड्न रेनुले पदबाट राजीनामा दिन लागेकी हुन् । जनप्रतिनिधि फेरि उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्वाचन आयोगले प्रावधान राखेको छ । त्यही अनुसार फेरि मेयरमा लड्न रेनुले आजै राजीनामा दिन लागेको उनका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।
माओवादी केन्द्रले चितवन इञ्चार्ज समेत रहेकी रेनुलाई फेरि मेयरमा उठाउने तयारी गरेको छ । सत्ता गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ । मेयर र उपमेयरमा भागबण्डा भए पनि वडाको बाँडफाँड भने टुंगो लाग्न बाँकी छ ।