भरतपुर महानगर: रेनु दाहालको जित सुनिश्चित, घोषणा हुनमात्र बाँकी - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

भरतपुर महानगर: रेनु दाहालको जित सुनिश्चित, घोषणा हुनमात्र बाँकी



चितवनको भरतपुर महानगरपालिकामा नेकपा ( माओवादी केन्द्र) की उमेद्वार रेनु दाहाल जीत नजिक पुगेकी छन्।

१९ हजार ४९४ मत गणना गर्न बाँकी रहँदा दाहालकाे अग्रता ९ हजार ९०३ पुगेको छ। गन्न बाँकी रहेको वडामा कांग्रेस, एमाले र माओवादीकाे मिश्रित मत रहेको अनुमान गरिएको छ। अब गन्न बाँकी रहेका वडा मध्ये यसअघि २६मा माओवादी,२७मा कांग्रेस र २८ र २९ नम्बर वडामा एमालेले जितेको थियो। ताजा अवस्थामा सत्ता साझेदर गठबन्धनकी उम्मेदवार दाहालले ४३ हजार ६०६ मत प्राप्त गरेकी छन्।

दाहाललाई पछ्याउँदै एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ७०३ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले १३ हजार ३५० मत प्राप्त गरेका छन्। त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निरन्तर अगाडि बढेका छन्।

उनले ४४ हजार ८२८ मत प्राप्त गरेका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले २६ हजार ६८६ मत ल्याएकी छन्। १ लाख २७ हजार ९१८ मत खसेको भरतपुरमा १ लाख ८ हजार ३४५ मत गणना भैसकेको छ। २९ वडा रहेको भरतपुरमा २३ वटा वडा गनेर सकिएको छ। अहिले २३ र २५ नम्बर वडाको मतगणना जारी छ। २३ मा नेपाली कांग्रेस अगाडि छ भने २५ नम्बर वडामा एमालेका उमेद्वार अघि छन्।