कुखुरालाई कनिका छरे झैँ बजेट छर्ने काम गर्दिन : रेणु दाहाल - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

कुखुरालाई कनिका छरे झैँ बजेट छर्ने काम गर्दिन : रेणु दाहाल



 कार्तिक ८, भरतपुर ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विगतका प्रतिनिधिले जस्तै आफुले गल्ती नदोहोर्याउने बताएकी छन । वितगमा झै गरी टालटुले योजनामा कुखुरालाई कनिका छरे जस्तै बजेट छर्ने सोचमा महानगर नभएको बताइन ।

बुधबार वडा नं. १३ को वडासभालाई सम्बोधन गर्दै दाहालले महानगरपालिका बिगतको जस्तो स्थानीय निकाय नभर्इ शक्तिशाली स्थानीय सरकार भएको बताएकी छन। वडा वडामा जनसमुदाय भेला भएर आफ्नो निकायको सभा संचालन गरी आफ्ना आवश्यकहरू पहिचानगरी आफै योजना छनोट गर्दै आफै कार्यन्वयन गर्ने अवस्थामा आइपुगेको उनले बताइन । यो अहिलेसम्म नेपाली जनताले प्राप्त गरेको सबैभन्दा ठूलो राजनीतिक उपलब्धी भएको भन्दै अबको ऐजेन्डा बिकास र संबृद्दी भयको बताइन् ।

अबको बिकास दिगो र आत्मनिर्भर हुनुपर्ने बताउदै योजना छनोटमा जनसमुदायको सक्रीय सहभगिता, चासो र चिन्ताप्रती खुसी ब्यक्त गर्दै योजना छनोट र कार्यान्वयनमा रचनात्मक सहयोग र खबरदारी कयमराख्न आग्रह गरिन् । १३ नं. वडाको आवश्यकता संभावना र चुनौतिको बारेमा आफु जानकार रहेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्याक्त गरिन् ।

 

दाहालले सडक पूर्बाधार पहिलो प्राथमिकतामा पर्ने बताइन् । महानगरीय रिडंरोड, लिंक रोड सुबिधा संपन्न सिटीहल र रङशालाको काम यसै वर्ष सुरूहुने बताइन् । नदीकटानको रोकथाम र जंगली जनावरका कारण मानब बस्तीमा हुने क्षेती न्यूनिकरण गर्न जंगल सिमानामा सेसजाली निर्माणगर्ने कार्यक्रम नगरसभा संगै सूरू गर्ने बताइन् ।