रेणु दाहालको चर्चा र भरतपुर महानगरको फेरिएको मुहार - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

रेणु दाहालको चर्चा र भरतपुर महानगरको फेरिएको मुहार



काठमाडौं- नेपालको ईतिहासमा पहिलो निर्वाचित महानगरकी महिला मेयर रेणु दाहालले सामान्य ढंगले असामान्य काम गरेर सबैलाई चकित तुल्याएकी छिन् । पाएको जिम्मेवारी जुनसुकै अप्ठ्यारो आईपर्दा पनि पूरा गर्ने सफल व्यक्तिको रुपमा परिचित दाहालले भरतपुर महानगरको मेयरमा निर्वाचित भएपछि पनि आफूलाई जनताको काममा सधैं जिम्मेवार रुपमा प्रस्तुत गर्दै आएकी छिन् ।

उनको नेतृत्वदायी क्षमता र विकासप्रेमी भावनाका कारण आज भरतपुरको मुहार फेरिएको छ । कसैले पत्याउन नसक्नेगरि यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीलगायका विकासले गति लिएका छन् । स्वदेश तथा विदेशी लगानीको केन्द्रपनि अहिले भरतपुर बनेको छ । यसको पछाडि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो हात छ । प्रचण्ड चितवनबाट निर्वाचित सांसद हुन् । यस अघिका दुई निर्वाचनमा गृहजिल्ला बाहिरबाट निर्वाचित प्रचण्ड यो पटक गृहजिल्लाबाट निर्वाचित सांसद हुन् । प्रचण्ड विकास र समृद्धिको लागि सम्झौता नगर्ने नेताको रुपमा परिचित नेता हुन् । त्यही भएर होला, भरतपुरको विकासको लागि केन्द्रबाट मेयर दाहालले बुवा समेत रहेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डबाट ठूलो सहयोग पाएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेयर दाहाललाई सहयोग पुर्याउँदै आएका छन् ।

भरतपुर महानगरको मुहार फेर्नको लागि मेयर दाहालले रात दिन नभनी काम गर्दै आईरहेकी छिन् । काममा ढिलासुस्ती भयो भने उनलाई मन पर्दैन् । त्यसैले उनी साना ठूला सबैखाले परियोजनाहरु सफल तुल्याउनको लागि आफैं सक्रिय सहभागिता जनाउने गरेकी छिन् । उनको नेतृत्व्यदायी भूमिका र क्षमताका कारण भरतपुर अस्पतालमा महिला तथा जेष्ठ नागरिकलाई निःशुल्क बहिरङग (ओपीडी) टिकटको व्यवस्था, भरतपुरका बसपार्कमा निःशुल्क वाईफाई, सडक बत्ति, पार्किङ व्यवस्थापन लगायतका काम महानगरपालिकाले गरिसेकेको छ । महानगरको यो कदमसँगै भरतपुरवासी निकै खुशी छन् ।

महानगरले वृद्धि गरेको कर र दायराबारे पनि भरतपुरमा त्यति विरोध भएन । उनले उद्योग, व्यवसायीहरुसँगको सहकार्यमा नै यस्तो राम्रो कदम चालेकी हुन् । त्यस्तै, भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग सम्झौता गरेको छ । कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग सम्झौता भएको थियो ।

बाटो, घाटो लगायतका भौतिक पूर्वाधार विकासमा पनि भरतपुर महानगरले निकै चासोका साथ काम गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रको विकासमा पनि महानगरले उल्लेख्य फड्को मारेको छ ।

सडक तथा विपन्न वर्गलाई लक्षित गरी कपडा बैँक खोल्ने क्रममा भरतपुरको चौबिसकोठीमा पनि युवा समुहद्धारा आजदेखी निशुल्क कपडा बैँक सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरको समन्वयमा बेटर चितवन ,रोट्याक्ट क्लब अफ नारायणी मीट टाउनद्धारा उक्त कपडा बैक स्थापना गरिएको हो ।

त्यस्तै बोस्टन इन्टरनेशनल कलेज र परिचय नामक संस्थाको पनि सहयोग पनि कपडा बैंकमा छ । कपडा बैँकको उद्धाटन गर्दै भरतपुर महानगरकी मेयर दाहालले महत्वपुर्ण कामको सुरुवात भएको बताइन् । उनले कपडा बैँकलाई व्यवस्थित बनाएर लैजान महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

बेटर चितवनका अध्यक्ष सागर कार्कीले हावा पानीबाट बचाउनका लागि कपडा बैकको डिजाइन अन्य भन्दा फरक बनाइएको बताए ।बैँकभित्र दुईवटा कोठा बनाइएको जानकारी दिए । जसमध्ये एउटामा कपडा संकलन तथा अर्कोमा किताब संकलन गरिने उनले जानकारी दिए । कपडा दिन चाहानेले माथिल्लो घर्राबाट खसाल्न सकिनेपनि बताए । -रिपोर्टसनेपाल