म्याद गुज्रेका खाद्यबस्तु रिलेबलिङ गर्ने अर्को गिरोह चार करोडको सामग्रीसहित पक्राउ - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

म्याद गुज्रेका खाद्यबस्तु रिलेबलिङ गर्ने अर्को गिरोह चार करोडको सामग्रीसहित पक्राउ



काठमाडौँ- म्याद गुज्रिएका खाद्य सामग्रीलाई रिलेबलिङ गरेर बिक्री गर्ने घटनाहरु शृंखलाबद्धरुपमा बाहिरिरहेका छन्। काठमाडौँ उपत्यकामै रिलेबलिङ गर्ने एक गिरोह समातिएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीसहितको टोलीले आइतबार साँझ कलङ्कीस्थित एक कम्पनीको गोदामबाट करिब ४ करोड रुपैयाँ बराबरको खाद्य सामग्री बरामद गरेको छ। रिलेबलिङ गर्ने मेसिनसमेत बरामद भएको प्रहरीले जनाएको छ।

एएसटी कम्पनीको गोदामबाट म्याद गुज्रिएका चकलेट, तेल, क्यामिकल पाउडरलगायत सामग्री बरामद भएको हो। प्रहरीले सञ्चालकमध्येका एक भारतको बिहार घर भएका ५२ वर्षीय अनिलकुमार बन्कासहित मार्केटिङ म्यानेजर, लेखापाल, स्टोर किपर र तीन जना कामदारलाई पक्राउ गरेको छ। बन्काबाहेक सबै नेपाली हुन्।