यही महिना विवाह गर्ने तयारीमा रेखा थापा ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

यही महिना विवाह गर्ने तयारीमा रेखा थापा !



काठमाडौं । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको विहेको मिती सार्वजनिक भएसँगै अर्की नायिका रेखा थापापनि यही महिनामा विवाह गर्ने तयारीमा छिन् । नायिका थापाले एक फिल्म निर्मातासँग विवाह गर्न लागेको स्रोतको दाबी छ ।

नायिका थापाले यसअघि पटक–पटक आफूले अब विवाह गर्न लागेको भनेर मिति सार्वजनिक गरेपनि विवाह गरेकी थिईनन् । तर, यसपटक भने उनले आफू वैवाहिक बन्धनमा बाँधिने पक्का भएको कुरा आफूनिकटहरुसँग बताउन थालेकी छिन् ।

उता, लामो समयदेखि प्रेममा रहेको वर्षा र संजोगको जोडीको विवाहको सामाचारले यतिवेला सामाजिक संञ्जालमा चर्चा पाईरहेको छ । विवाह जहिले पनि हुन सक्ने जानकारी गराउदै आएको यो जोडी अन्ततः बन्धनमा बाँधिने पक्का भएको छ ।

सोमबार बिहानै अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना प्रसंसकहरुलाई ‘सरप्राइज’ दिँदै आफूहरुको विवाह पक्का भएको भन्दै निमन्त्रणा कार्ड पोस्ट गरेकी छन् । वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन पनि सबैमा आग्रह गरेकी छिन् ।

वर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शीवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ ।विवाहको एक महिनाअघि विवाह मिति सार्वजनिक गरिएको भए पनि केही समय अगाडिदेखि नै उनीहरु विवाहको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ ।