एकाएक रेखा थापाको साथ विप्लवलाई - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

एकाएक रेखा थापाको साथ विप्लवलाई



काठमाडौं । नेतृ तथा नायिका रेखा थापाले विप्लव समुहमाथि लगाइएको प्रतिबन्धमाथि असन्तुष्टि जनाएकी छन् । सरकारले देशभक्त ‘विप्लव’माथि प्रतिबन्ध लगाइ सिके राउतलाई अंगालो हालेर जनता तर्साउन खोजेको हो ? भन्दै प्रश्न गरेकी छन् । बुधबार फेसबुकमा एक स्टाटस लेख्दै नायिका रेखा थापाले यस्तो असन्तुष्ट पोखेकी हुन् ।

फेसबुकमार्फत उनले सरकार कसले चलाएको भन्दै प्रश्न समेत गरेकी छन् । विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले जबर्जस्ती युद्ध थोपर्न लागेको बताएकी छन् । सिके राउतलाई अंगालो हालेर सरकारले नेपाली जनतालाई तर्साउन खोजेको आरोप लगाइन् । उनले फेसबुमा यसरी लेखेकी छन्, ‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो !! देशभक्त ’बिप्लब’ माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? प्रतिवाद हूने निश्चित छ ।’