ओलीनिकट सांसद रेखा झा जसले सभामुखको टाउको फुटाउँन खोजिन - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीनिकट सांसद रेखा झा जसले सभामुखको टाउको फुटाउँन खोजिन



काठमाडौं– एकातिर एमालेको नारावाजी अर्कातिर सभामुखले पेलेर संचालन गरेको शुक्रबारको प्रतिनिधिसभा बैठक यादगार नै रह्यो । यसबीचमा देखिएका केहि दृश्य रोचक पनि थिए । पहिले अन्य दलले गरेको हर्कत एमालेले संसदमा दोहोर्याएको थियो ।

एमाले सांसदहरुले नाराबाजी गरिरहेका थिए विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही अघि बढाइरहेका थिए, त्यसपछि एमाले सांसदहरुले बेल घेरेर नाराबाजी मात्रै गरेनन्, मर्यादापालकको घेरा तोडेर रोष्टम कब्जा गर्ने प्रयास समेत गरे । केहि सांसदल आक्रमणको प्रयास समेत गरेका थिए ।एमाले सांसदहरुले केही सांसदहरुलाई बोकेर रोष्टम चढाउने प्रयत्न समेत गरेको देखिन्थ्यो ।

पूर्व वनमन्त्री नारदमुनी राना थारु, पूर्व सहायक मन्त्री आशा विक र नरबहादुर धामीले एमालेकै अन्य सांसदको बुइ चढेर रोष्टमतर्फ जान खोजेका थिए। सांसद गंगा चौधरीले समेत रोष्ट्रममा चढ्ने कोसिस गरिन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि उनले गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्ने प्रयास गर्दै रोष्ट्रम चढ्ने कोसिस गरेकी थिइन्।

एमाले सांसदहरु आक्राम रुपमा प्रस्तुत भए पनि सभामुख सापकोटाले पेलेरै बैठक चलाए। जसले एमाले सांसदहरुलाई थप आक्रामक बनायो। त्यही क्रममा एमाले सांसद रेखा झा आक्रामक बनिन् र माइक निकालेर सभामुखलाई आक्रमण गर्ने प्रयास गरिन्।

उनले सभामुखको टाउको फुटाउने योजना भएको बताएकी छन्। ‘आज टाउको नै फुटाउँथें, सभामुखलाई हान्न नै माइक तानेको। हामी नारा लगाइरहेका छौं, बैठक चलाउने?’ उनले आक्रोश पोखिन्, ‘नियम उल्लंघन गर्नेलाई के गर्ने? अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ।’

झा रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्छिन्। एमालेले उनलाई मधेसी–महिला कोटाबाट समानुपातिक सांसद बनाएको थियो। गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र बिउँत्याइदिएको थियो।

त्यसपछि चैत ५ गते एमालेले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको थियो। एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले झालाई बोर्डको सदस्य बनाएका थिए। झा तत्कालिन नेकपाको २ नम्बर प्रदेश कमिटीकी सदस्य समेत थिइन्।