कुलमानविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

कुलमानविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा



काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक आफू नै रहेको दावी गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । शाक्यले कुलमान घिसिङको नियुक्ति गैरकानूनी भएको दावी गर्दै रिट दायर गरेका थिए।

कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक शाक्यको मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले आफूले सो पद स्वीकार नगरेको उल्लेख गरेका छन्

सोमबार सर्वोच्च अदालतमा सोमबार दर्ता भएको शाक्यको रिट निवेदनमा आफ्नो सहमति बेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गरेका छन्।

उनले आफ्नो कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने जिकिर गरेका छन्।