अविरल वर्षाले देशभर तनाब : काठमाडौं पनि खतरामा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

अविरल वर्षाले देशभर तनाब : काठमाडौं पनि खतरामा



काठमाडौँ – अविरल वर्षाका कारण देशभर बाढी र पहिरोको त्रास बढिरहेको छ । कतिपय स्थानमा जनधनको समेत क्षति भएका खबर पनि आइरहेका छन ।

यस्तै काठमाडौं पनि खतरामा देखिएको छ । बागमती र कमला नदीमा पानीको बहाव खतराको तह भन्दा माथि पुगेको छ। यी दुई नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

बाढीविज्ञले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च साबधानी अपनाउन मोबाइल मार्फत एसएमएस पठाइसकिएको जानकारी दिएकका छन ।

काठमाडौँ उपत्यकामा पनि बागमती नदी आसपास क्षेत्रका बासिन्दाले साबधानी अपनाउन आवश्यक रहेको बताइएको छ । पानी पर्न नरोकिए काठमाडौँमा पनि बागमतीको पानी बस्तीमा पस्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिएको बताइएको छ ।

प्रदेश १, २ र ३ का चुरेबाट बग्ने प्राय सबै नदीमा पानीको बहाव खतराको बिन्दुमा पुगेको छ भने कोशी र कन्काई नदीमा पनि पानीले खतराको तह पार गरेको छ । फाइल तस्बिर