चीनले दिँदैछ भारतलाई लगातार प्रेसर: निरिह बन्दै भारत
एजेन्सी – चीनले गलवान घांटी आफ्नो भुभाग भित्र पर्ने दावी गरेको छ । चिनियां विदेश मन्त्रालयले शुक्रवार सांझ आफ्नो वेभसाइटमा एक प्रेस नोट जारी गर्दै गलवान घांटी वास्तविक नियन्त्रण रेखाको चीनको क्षेत्रभित्र पर्ने दावी गरेको हो । लद्दाखको गलवान घांटीमा चिनियां सेनासंगको झडपमा २० भारतिय सैनिकको मृत्यु भएपछि दुवै देशको सम्बन्ध तनावपूर्ण वनिरहेको बेला चीनले यस्तो धारणा सार्वजनिक गरेको हो ।
प्रेस नोटमा दुव्र देशका कमाण्डरस्तरको दोस्रो वैठक चांडै बोलाउने तयारी भएको उल्लेख गरिएको छ । चिनियां विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले १५ जूनमा पूर्वी लद्दाखमा भएको झड्पको जिम्मेवार भारतको भएको आरोप लगाएका छन् । उनले गलवान घांटी वास्तविक नियन्त्रण रेखाको चीनको भुभागमा पर्ने दावी समेत गरे । प्रवक्ता लिजियानले उक्त क्षेत्रमा कैयौं वर्षदेखी चिनियां सुरक्षा गार्डले गस्ती गरिरहेको र आफ्नो जिम्मेवारी निभाइरहेको बताए ।
उनले १५ जूनको राती भारतीय जवान कमाण्डर तहको वार्तामा भएको सहमतीलाई उल्लंघन गर्दै चीनको सीमा क्षेत्रमा प्रवेश गरेको आरोप लगाए । उनले चिनियां सैनिक अधिकारी छलफल गर्न पुगेको बेला भारतिय सेनाका जवानले हिंसक हमला गरेको दावी गरे । लिजियानले दुवै सेनावीच त्यसपछि झड्प भएको र नोक्शान पुगेको बताए ।
प्रेस नोटमा भारतीय जवनाहरु सीमा क्षेत्रमा चीनलाई कम आंकलन गर्दै एडवेंचर्स एक्ट गरेको, चिनियां सेनाको ज्यानलाई खतरामा पारेको र दुवै देशबीचको सीमा सम्झौताको उल्लंघन गरेको र जो दुवै देशबीचको अन्र्तराष्ट्रिय सम्बन्धको उल्लंघन भएको उल्लेख गरिएको छ ।
चिनियां विदेशमन्त्रालयले गत अप्रैलबाट नै एसएसीको नजिक गलवान घांटीमा लगातार सड्क,पुल निर्माण र अन्य गतिविधी गरिरहेको आरोप लगाएको छ । चीनले भारत सरकारसंग यसको विरोध गरिरहेको भएपनि त्यसका बावजूद भारतीय सेना पटक-पटक सीमा पार गरेर चीनलाई भड्काउने काम गरिरहेको दावी गरेको छ ।
६ मईको सांझ भारतिय सीमा सैनिकले राती चीनको सीमा क्षेत्रमा प्रवेश गरेर बंकर र बैरिकेड्स बनाएको थियो । चिनियां सेनाको गस्ती रोक्न यो निर्माण गरिएको दावी गरिएको छ ।
चीनले दुवै पक्ष राजनीतिक र सैन्य तहबाट तनावलाई कम गर्न संवादमा लागेको जनाएको छ । यो समस्या समाधानका लागी कमाण्डर स्तरको दोस्रो वैठक चांडै हुनुपर्नेमा चीनले जोड दिएको छ ।