कार्यकाल नसकिँदै मुख्य सचिव रेग्मीले दिए राजीनामा
काठमाडौँ- मुख्सचिव लोकदर्शन रेग्मीले राजिनामा दिएका छन् । उनले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका हुन् ।
रेग्मीले दिएको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको स्रोतले जनाएको छ ।
उनले कार्यकाल सकिनु दुई साताअघि नै राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार छन् ।
रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।
मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।