रिफ्रेश सेन्टर : महिलाको दोस्रो घर !
दीपक घिमिरे
घोराही -१५ कि सुनिता थापा बिहान चार बजे उठेर जिबिस रोडमा रहेको रिफ्रेस यरोबिक सेन्टरमा पुग्नुहुन्छ अनि सुरु हुन्छ उहाँको दैनिकी । शरीर तन्कायर गरिने यरोबिक अनि पलेटी कसेर बस्दै गरिने योगामै उहाँ दुई घण्टा बिताइदिनु हुन्छ ।
उहाँ जस्तै अर्की हुनुहुन्छ उमा केसी । मोटोपनाले हैरान भएकी उमा रिफ्रेश यरोबिक सेन्टर धाउन थालेपछि मोटी बाट ठिक्क कि बन्नु भयो । ती दिन सम्झँदै उमा भन्नू हुन्छ “ मोटोपना र त्यसबाट उत्पन्न हुने रोगका कारण निक्कै तनावमा थिए । घरमा गरिने सामान्य व्यायामले केही फरक नपरेपछि रिफ्रेश सेन्टर धाउन थालेकी हु , खुसी छु । “
सुनिता थापा र उमा केसी जस्तै विभिन्न उमेर समूहका करिब पाँच दर्जन महिलाहरू एकाबिहानै रिफ्रेश यरोबिक सेन्टर पुग्छन् अनि सुरु हुन्छ क्लास । यरोबिक सिकाउने गुरुआमाले अगाडी बाट वान टु वान टु गर्दै शरीर हल्लाउनु हुन्छ अनि उहाँकै तालमा बिधार्थीहरुले शरीर हल्लाउछन । कहिले योगा हुन्छ त कहिले डान्स ।
करिब चार वर्ष अघि घोराहीकै अतिथि राजभण्डारीले सुरु गर्नु भएको रिफ्रेश यरोबिक सेन्टर पछिल्लो समयमा घोराहीका अधिकांश युवती हरूको पहिलो रोजाइमा परेको ठाउँ हो । मोटोपना अनि त्यसबाट निम्तन सक्ने विभिन्न रोगहरूबाट बच्ने सजिलो उपाय भनेकै दैनिक गरिने यरोबिक अभ्यास हो भन्ने बुझेका महिलाहरू यरोबिक क्लास आउने गरेको यरोबिक शिक्षिका तथा रिफ्रेश यरोबिक सेन्टरकी संचालिका अतिथि राजभण्डारी बताउनु हुन्छ ।
“ शरीरमा क्यालोरीको मात्रा बढाउँछ , अनावश्यक रूपमा बढेको वजन घटाउँछ अनि विभिन्न खाले रोगहरूबाट वचन मद्दत गर्दछ । यस्तै विभिन्न फाइदा भएकै कारण अहिलेको समयमा यरोबिक क्लास युवा युवती माझ लोकप्रिय बन्दै आएको छ ।” शिक्षिका तथा सञ्चालिका अतिथिले बताउनु भयो । उहाँले थप्दै भन्नू भयो “ दैनिक यरोबिक क्लास लिनेहरुमा रोग सँग लड्न सक्ने क्षेमता वृद्धि हुनुका साथै शरीर फिट पनि राख्दछ । रोग बाट बच्न औषधि सेवन गर्नुको साटो रोगनै लाग्न नदिनु राम्रो हो । हाम्रो यरोबिक शिक्षाले पनि यही मान्यतालाई आत्मसाथ गर्दछ ।”
काठमाण्डौको डेभिन फिटनेस क्लबमा लामो समय प्रशिक्षार्थी भएर यरोबिक र योगा सम्बन्धी ज्ञान सिकेर दाङलाई कर्म थलो बनाउन फर्कनु भएकी अतिथि राजभण्डारी युवतिहरुलाई योगा र डान्स सिकाउन तल्लीन भेटिनु हुन्छ । यरोबिक क्लास लिएर हुन सक्ने सम्भावित बेफाईदाको बारेमा बुझ्दा उहाँ भन्नू हुन्छ “ यो एउटा शारीरिक व्यायाम हो , गर्न जानिएन र गलत तरिका अपनाइयो भने अवश्य साइड इफेक्टहरु हुन्छन् तर मेरो लामो अनुभव अनि मेरै निगरानीमा प्रशिक्षण दिइने हुँदा अहिले सम्म बेफाईदा भएको छैन । म आफैले प्रशिक्षण दिने गरेको छु ।”
११ वर्ष देखि ४५ वर्ष उमेर समूहका महिला तथा केटाकेटीलाई बिहान चार बजे देखि ७ बजे सम्म प्रशिक्षण गर्ने अतिथि फ्री स्टाईलका डान्स समेत सिकाउनु हुन्छ ।