लेफ्टब्याक मेन्डी रियलमा अनुबन्धित - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

लेफ्टब्याक मेन्डी रियलमा अनुबन्धित



एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले फ्रेन्च लिग वान लियोनका डिफेन्डर फरल्यान्ड मेन्डीलाई अनुबन्ध गरेको छ ।

रियलले लेफ्टब्याक मेन्डीलाई ४९ मिलियन पाउन्डमा ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी २०२५ सम्म रियलमा रहनेछ । उनलाई मार्सेलो र रिगुइलनको विकल्पको रुपमा हेरिएको छ ।

रियलले यो सिजन मेन्डीलाई पाँचौ खेलाडीको रुपमा क्लबमा अनुबन्ध गरेको हो । रियलले यो सिजन रोड्रिगो, इडर मिलिटाओ, लुका जोभिक र इडेन हजार्डलाई क्लबमा अनुबन्ध गरिसकेको छ । रियलले मेन्डीसँगै ५ खेलाडीलाई अनुबन्ध गर्न ३४४ मिलियन पाउन्ड खर्चिसकेको छ ।

यो सिजन निकै खराव प्रदर्शन गरेपछि रियल पुरै टिम निर्माणमा जुटेको छ । २४ वर्षीय लेफ्ट ब्याक मेन्डीलाई रियलले १९ जुनमा सार्वजनिक गर्दैछ ।

मेन्डी २०१७ मा लि हार्भेबाट लियो पुगेका थिए । लियोनमा उच्च प्रदर्शन गरेसँगै रियलले मेन्डीलाई क्लबमा अनुबन्ध सफल भएको हो । उनदे लियोनमा ७९ खेल खेल्दै ३ गोल गरेका छन् । उनले नोभेम्वर २०१८ मा उरुग्वेविरुद्धको खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

यो सिजन रियलले अनुबन्ध गरेका खेलाडीहरु
रोड्रिगो (सान्तोष – ४० मिलियन पाउन्ड)
इडर मिलिटाओ (पोर्टाे – ४४ मिलियन पाउन्ड)
लुका जोभिक (फ्रान्कफर्ट – ६२ मिलियन पाउन्ड)
इडेन हजार्ड (चेल्सी– १५० मिलियन पाउन्ड)
फरल्यान्ड मेन्डी (लियोन– ४९ मिलियन पाउन्ड)