नाभासले भने: मर्छु बरु रियल मड्रिड छोड्दिन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नाभासले भने: मर्छु बरु रियल मड्रिड छोड्दिन



काठमाडौं – च्याम्पियन्स लीग विजेता गोलकीपर कीलोर नाभास थिबाउट कोर्टोआ आएपनि रियल मड्रिडमै बस्न उत्सुक देखिएका छन् ।

नाभासले रियललाई लगातार तीनचोटि युरोपेली च्याम्पियन बनाउन योगदान गरेका हुन् तर उनको भविष्य चेल्सीबाट आएका कोर्टोआका कारण अन्योलमा परेको छ ।

कोर्टोआले रियल मड्रिडसँग ६ वर्षको सम्झौता गर्दैछन् तर नाभास क्लब छोड्ने सुरमा छैनन् ।

‘म रियलमै बसेर खेल्ने हो अनि क्लब छोड्नु भनेको मेरा लागि मरेतुल्य हो,’ नाभासले ओन्डा सेरो कार्यक्रममा भने ।

नाभास सन् २०१४ मा लेभान्तेबाट मड्रिड आएका हुन् ।

मड्रिडले म्यानचेस्टर युनाइटेडका कीपर डेभिड डी गीयालाई भित्र्याउन खोजेको भएपनि फ्याक्स मशिनको गल्तीका कारण डी गीया क्लबमा आउन पाएनन् र नाभासले मौका पाए ।

तर नाभासले मड्रिडमा एकपछि अर्को सफलता पाउँदै गए ।

यी ३१ वर्षीय कीपरले तीनवटा च्याम्पियन्स लीग र फिफा क्लब विश्वकप ट्रफीहरू जितेका छन् । त्यसका साथै उनले दुईवटा यूईएफए सुपरकप, एक ला लिगा र सुपरकोपा डी इस्पाना पनि जितेका छन् । उनी मड्रिडका महान् कीपर इकेर क्यासियासको ठाउँमा आएका हुन् ।