रियल म्याड्रिडको बिजोग - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

रियल म्याड्रिडको बिजोग



एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत आइतबारको खेलमा रियल म्याड्रिडले रियल सोसीडाडसँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा सिमित रियल सोसीडाडको मैदानमा ३-१ ले पराजित भयो ।

खेलको छैटौं मिनेटमा ब्राहिम डियाजले रियललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा म्केल मेरिनोले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफको ६ मिनेट बाँकी रहँदा रियल १० खेलाडीमा झर्यो । जेसस भालेहोले सिधै रातो कार्ड खाएपछि रियल संकटमा परेको थियो । उनले ह्यान्डबल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । यद्यपि विलियन जोसेले पेनाल्टीमा गोल गर्न भने सकेनन् ।

दोस्रो हाफको ५७ औं मिनेटमा जोसेबा जाल्दुआले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि आन्दर बारेनेटजेयाले सोसीडाडको अग्रता दोब्बर पारे । रियलले थप समयमा गोल गर्न नसक्दा ३-१ को लज्जास्पद हार बेहोर्यो ।

यस हारसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा सिमित रहेको छ । रियलले ३७ खेलमा ५८ अंक जोडेको छ । चौथो स्थानको भ्यालेन्सियाको ५८ तथा पाँचौ स्थानको गेटाफेको पनि ५८ अंक रहेको छ । रियलले अन्तिम खेलमा रियल बेटिसको सामना गर्दैछ ।