आरडीटीमा पोजिटिभ देखिएका सप्तरीका दुई जनाको रिपोर्ट निगेटिभ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

आरडीटीमा पोजिटिभ देखिएका सप्तरीका दुई जनाको रिपोर्ट निगेटिभ



जनकपुरधाम- र्‍यापिड टेस्टमा पोजिटिभ देखिएका सप्तरीका दुवैजना शंकास्पदको पीसीआर रिपोर्ट निगेटिभ आएको छ।

भारतको नयाँदिल्लीस्थित निजामुद्दिनको जमातबाट फर्किएका उनीहरुको र्‍यापिड टेस्टमा मंगलबार पोजिटिभ रिपोर्ट आएको थियो।

सप्तरी खड्क नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका घर भएका उनीहरुको स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको थियो।

पीसीआर जाँचमा दुवै जनाको रिपोर्ट निगेटिभ देखिएको सप्तरी जनस्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

उनीहरुसँगै अन्य पाँचजना जमातीको स्वाब रिपोर्ट पनि निगेटिभ देखिएको उनले बताए।