भारतबाट फर्किएका ३१ जनाको कोरोना भाइरसको परिक्षण , रिपोर्ट नेगेटिभ - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

भारतबाट फर्किएका ३१ जनाको कोरोना भाइरसको परिक्षण , रिपोर्ट नेगेटिभ



मसुरिया । कैलालीको गौरीगंगा नगरपालिका – ९ मा ३१ जनाको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गरिएको छ ।

वडामा आरडिटि किट प्राप्त भएपछि बुधबार दुई जना महिला र २९ जना पुरुष गरि ३१ जनाको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

भारतको विभिन्न ठाउँ बाट केही समय पहिला भित्रिएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरटिडि किट मार्फत परीक्षण गरिएको गौरीगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीले जानकारी दिए ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको पुर्ण रुपमा पालना गरि घरमा बस्न आग्रह गर्दै अध्यक्ष तिवारीले भारत तथा अन्य मुलुकबाट आएका र र्‍यापिड टेस्ट गर्न बाकी भएका मानिसहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।