बैंगलोरसंग पन्जाब पराजित : बैंगलोर एक स्थान उक्लियो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बैंगलोरसंग पन्जाब पराजित : बैंगलोर एक स्थान उक्लियो



एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गरेको हो ।

बैंगलोरले दिएको २०३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए ।  मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए ।

कप्तान विराट कोहली १३ रनमा आउट भए । यस्तै मोहमद शामी, रविचन्द्र आश्विन,मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १/१ विकेट लिए ।