बैंगलोरसंग पन्जाब पराजित : बैंगलोर एक स्थान उक्लियो
एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।
एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गरेको हो ।
बैंगलोरले दिएको २०३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो ।
पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए । मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए ।
कप्तान विराट कोहली १३ रनमा आउट भए । यस्तै मोहमद शामी, रविचन्द्र आश्विन,मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १/१ विकेट लिए ।