कोहली र डिभिलीयर्स चम्किए : बैंगलोर ले निकाल्यो पहिलो जीत - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोहली र डिभिलीयर्स चम्किए : बैंगलोर ले निकाल्यो पहिलो जीत



एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ८ विकेटले हराउँदै बैंगलोरले पहिलो जित निकालेको हो ।

चन्द्रीगढस्थित पन्जाब क्रिकेट मैदानमा पन्जाबले दिएको १७४ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा मात्र २ विकेट गुमाएर गर्यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै ४ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै अविजित ९९ रन बनाए । शतक बनाउन एक रनले चुकेका गेलले ६४ बलमा १० चौका र ५ छक्का प्रहार गरे ।

यस्तै लोकेस राहुलले १८ रन जोड्दा मन्दिप सिंह पनि १८ रनमा अविजित रहे । मायांक अग्रवाल र सर्फ्राज खानले १५/१५ रन जोडे ।

बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।