राजस्थानलाई १५९ रनको लक्ष्य : खेल रोमाञ्चक - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

राजस्थानलाई १५९ रनको लक्ष्य : खेल रोमाञ्चक



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई जितका लागि १५९ रनको लक्ष्य दिएको छ ।

जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ गुमाएर १५८ रन बनाउन सक्यो । बैंगलोरका लागि पृथ्वी पटेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै मार्कुस स्टोनिसले अविजित ३१ रन जोड्दा कप्तान विराट कोहलीले २३ रन बनाए । मोइन अली १८ रनमा अविजित रहे भने एबी डी भिलियर्सले १३ रन जोडे । राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए ।

आज दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । अघिल्ला ३ खेलमा दुवै टोलीले हार व्यहोरेका छन् । त्यसैले दुवै टोली चौंथो खेलमा पहिलो अंक जोड्न चाहन्छ ।

राजस्थान लिगको सातौं स्थानमा रहेको छ । बैंगलोर लिगको पुछारमा रहेको छ ।